खगेन्द्रको ‘डमरुको डण्डीबियो’ गीत रिलिज | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८१, शुक्रबार

खगेन्द्रको ‘डमरुको डण्डीबियो’ गीत रिलिज

काठमाडौं, ३ चैत । चर्चित अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनीत नयाँ फिल्म ‘डमरुको डण्डीबियो’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ ।  शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘तितेताते तितेताते झ्याप झ्याप’ बोलको गीतमा फिल्मका प्रमुख कलाकारहरु फिचरिङ छन् ।

कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत रहेको गीतको शब्द एकतारे, काली र हर्क साउदले लेखेका हुन् । फिल्मको कथा अनुसार आफूले गीत तयार पारेको कार्यक्रममा कालीले बताए । गीतमा खगेन्द्रसँगै मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवालाई डण्डीबियो सिक्दै गरेको देख्न सकिन्छ ।

कलाकार अनुप बराल डण्डीबियो प्रशिक्षकको भूमिकामा देखिएका छन् । नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई फिल्ममा उतारिएको छ ।
फयामिली स्पोर्टस् ड्रामा जनरामा तयार पारिएको उक्त फिल्ममा अंकित खड्का, अशान्त शर्मा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवारलगायतका कलाकारहरुको पनि अभिनय छ ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको यो फिल्मको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँ र बाँकी काठमाडौंमा भएको हो ।  छेतेन गुरुङको निर्देशन रहेको ‘डमरुको डण्डीबियो’ को कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् । यो फिल्म वर्ष २०७५ को बैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, रिकेश गुरुङ, विद्या तिवारी र कालीको गायन रहेको फिल्मलाई हरी हुमागाइँले खिचेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);