चितवनको भरतपुरमा पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चितवनको भरतपुरमा पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी

दिगो आर्थिक विकासको लागि औद्योगिक प्रवद्र्वन भन्ने नाराका साथ चितवनको भरतपुरमा पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । नेपाल उद्योग परिसंघको संस्थागत सदस्य चितवन उद्योग संघले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी आगामी चैत २३ गतेदेखि २७ गतेसम्म संचालन हुने प्रदर्शनीबारे जानकारी दिएको हो ।

exavation of chitwan

काठमाडौं, १ चैत । दिगो आर्थिक विकासको लागि औद्योगिक प्रवद्र्वन भन्ने नाराका साथ चितवनको भरतपुरमा पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । नेपाल उद्योग परिसंघको संस्थागत सदस्य चितवन उद्योग संघले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी आगामी चैत २३ गतेदेखि २७ गतेसम्म संचालन हुने प्रदर्शनीबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रदर्शनीले मुलुकको औद्योगिक विकासमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । संघले औद्योगिक प्रदर्शनीमार्फत स्थानीय उद्योग र उत्पादनको प्रवद्र्वन गने उद्देश्यले २०६८ साल देखि हरेक दुई वर्षका राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्दै आएको छ । चितवन प्रदर्शनी केन्द्रको हलमा आयोजना हुने प्रदर्शनीमा कृषि, उद्योग, पर्यटन, शिक्षा, विज्ञान तथा प्रविधि, हस्तकलालगायत २ सय ५० भन्दा बढी स्टल रहनेछ ।

उद्योगी व्यवसायी एवं वित्तीय संघसंस्थाको सहभागितामा आयोजना हुने प्रदर्शनी उद्योग क्षेत्र र उपभोक्ताविच निकटको व्यावसायिक सम्बन्ध स्थापना हुने आयोजकको अपेक्षा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);