सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२ बाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२ बाट

काठमाडौं । सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२,२३ र २४ गते हुने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो । प्रदर्शनी चितवन उद्योग संघको आयोजनामा, संघको केन्द्रिय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोगमा हुन लागेको हो । प्रदर्शनी चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा हुनेछ । निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फुड एण्ड वेभरेजेज तथा अन्य सेवामुलक उद्योगहरुको उत्पादन र सेवाका प्रदर्शनी हुनेछ ।

यी उद्योगहरुलाई उपयोगी हुने आधुनिक मेसिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २ सय भन्दा बढी स्टलहरु रहने आयोजकले जनाएको छ । प्रदर्शनीले नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिबारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यम बन्ने चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताउनु भयो । उहाँले प्रदर्शनी उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले प्रदर्शनीका क्रममा मेक इन नेपाल लगायतका स्वदेशी उत्पादकत्वको वृद्धि र पहुँच बिस्तारको गोष्ठी आयोजना गर्नेपनि बताउनु भयो ।

अध्यक्ष कँडेलले प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस प्रदर्शनी नेपालको औद्योगिक विकासमा सहयोग पु¥याउन कोशे ढुंगा सावित हुने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);