काठमाडौं, २९ फागुन । बंगलादेशी विमान दुर्घटनामा परी मृत्यु भएकाहरुमध्ये अधिकांशको शव पहिचान गर्न मुस्किल हुने देखिएको छ ।
जलेका कारण शव पहिचान गर्न मुस्किल हुने देखिएको हो । करिब ४० जनाको शव पहिचान गर्न नसकिने खालको भएकाले सनाखत गर्न समस्या हुने देखिएको छ । विमान दुर्घटनामा मृत्यु भएका ४९ जनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । शवको अहिले केहीबेरपछि पोष्टमार्टम गरिने अस्पतालले जनाएको छ ।
पोस्टमार्टम गर्दा पहिचान खुल्न नसक्ने शवहरुको डिएनए परिक्षण गर्नुपर्ने अस्पतालले जनाएको छ । शव बुझ्नका लागि आफन्तजनहरु अस्पताल पुगेका छन् ।




