सामसुङ ग्यालेक्सी एस नाइन र एस नाइन प्लस नेपाली बजारमा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

सामसुङ ग्यालेक्सी एस नाइन र एस नाइन प्लस नेपाली बजारमा सार्वजनिक

काठमाडौं, २८ फागुन । सामसुङ ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस नेपाली बजारमा सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सामसुङगको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस सार्वजनिक गरिएको छ ।

कम्पनीका अनुसार स्मार्टफोन सोमबार सार्वजनिक गरिएपनि बजारमा आउन भने केहि दिन लाग्नेछ । तर, फोनको बुकिङ भने सोमबारबाटै सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एस नाइनको मूल्य ८७ हजार ९ सय तथा एस नाइन प्लसको मुल्य ९९ हजार ९ सय तोकिएकोे छ । दुबै फोन ६४ जीबी भेरियन्टमा उपलब्ध हुनेछन् ।