ग्यालेक्सी एस नाइन आउने हल्लाले एप्पललाई धक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ग्यालेक्सी एस नाइन आउने हल्लाले एप्पललाई धक्का

काठमाडौं, १४ पुस। मंगलबार एप्पल कम्पनीको शेयर मूल्यमा ३ प्रतिशतले गिरावट आयो । सन् २०१८ को पहिलो त्रैमासिकमा आइफोन एक्सको बिक्रि कम हुने अनुमानित तथ्यांक एप्पलले सार्वजनिक गर्न लागेको भन्ने खबर फैलिएसँगै एप्पलको शेयर मूल्यमा गिरावट आएको हो ।
ताइवानको इकोनोमिक डेली पत्रिकाका अनुसार सन् २०१८ को पहिलो त्रैमासिकमा ३ करोड आइफोन एक्स बिक्रि हुने अनुमानित तथ्यांक सहितको रिपोर्ट एप्पलले सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघिको रिपोर्टमा एप्पलले उक्त त्रैमासिकमा ५ करोड आइफोन एक्स बिक्रि हुने अनुमानित तथ्यांक पेश गरेको थियो । यदि यसो भएमा आइफोन एक्स बिक्रिको सुपर साइकलको अपेक्षा गरेका लगानीकर्ता तथा एप्पल कम्पनीका लागि पनि ठूलो धक्का हुनेछ ।

अनुमानित बिक्रिको तथ्यांकमा न्यूनिकरण मात्र होइन, एप्पलले यस्तै अर्को धक्का पनि एकैसाथ अनुभव गरेको छ । आगामी वर्ष सन् २०१८ मा यसअघि अनुमान गरिएभन्दा अगावै सामसुङले ग्यालेक्सी एस नाइन स्मार्टफोन सार्वजनिक गर्ने खबर दक्षिण कोरियाली पत्रिकाले इटी न्यूजले छापेको छ । पत्रिकाका अनुसार सामसुङले ग्यालेक्सी एस नाइनका पार्टस् उत्पादनका लागि अर्डर गरिसकेको छ र स्मार्टफोनको उत्पादन जनवरीमै सुरु हुने अपेक्षा गरिएको छ ।

पत्रिकाका अनुसार आगामी २६ फेब्रुअरीबाट स्पेनमा सुरु हुने मोबाइल वल्र्ड कंग्रेसकै अवसरमा सामसुङले आफ्ना नयाँ स्मार्टफोन ग्यालेक्सी एस नाइन र एस नाइन प्लसको घोषणा गर्नेछ । सामसुङले स्मार्टफोनको प्रिअर्डर गरी उपभोक्ताले डिभाइस प्राप्त गर्न लामो समय कुर्नुपर्ने परम्परा हटाएर मार्च महिनाको सुरुमै एस नाइन सिरिजका स्मार्टफोन बजारमा ल्याउने पत्रिकाको दाबी छ ।

एप्पलका लागि खुसीको कुरा के हो भने अहिले उसको आइफोन एक्स स्मार्टफोन बजारको हिरो हो र आगामी वर्ष ग्यालेक्सी नाइन बजारमा नआएसम्म उसलाई चुनौति दिनसक्ने कुनैपनि एन्ड्रोइड फोन बजारमा उपलब्ध छैनन् अहिले । र, अर्को कुरा एप्पलको आइफोन एक्स र सामसुङले ल्याउने भनेको ग्यालेक्सी नाइनबीचको समय अन्तर ६ महिना भन्दा धेरै हुने भएकाले पनि आइफोन एक्स खरीद गर्न चाहनेहरुले किनिसकेको हुनेछन् । तर यस्तो सोँचेजस्तो सजिलो भने एप्पललाई भएन । नोभेम्बरमा लञ्च भएको आइफोन एक्स यसअघि अपेक्षा गरिएभन्दा एक महिना ढिलो भयो र यसको आपूर्ति पनि असाधारण रुपमा खराब रहेको छ । लञ्च डे मा उपभोक्ताले आइफोन प्राप्त गर्नु लगभग असम्भव नै बन्यो । बल्ल एक दुईहप्ता अगाडिबाट प्राप्त एप्पल स्टोरहरुले नियमित रुपमा आइफोन एक्स उपलब्ध गराउन सकेका छन् ।

त्यसैले आगामी वर्षको पहिलो त्रैमासिकमा हुने एप्पल एक्सको बिक्रिमा एप्पलको मुनाफा धेरै हदसम्म निर्भर हुनेछ । सन् २०१८ को पहिलो त्रैमासिकमा आइफोन एक्सको माग उच्च हुने आपूर्तिकर्ताहरुले बताउने गरेका छन् । तर यदि सामसुङले फेब्रुअरी महिनामै घोषणा गरी मार्च महिनाबाटै ग्यालेक्सी एस नाईन उपलब्ध गराएमा एप्पलको यो आशामा तुषारापात हुनेछ । अर्थात् पूरानो भैसकेको आइफोन एक्स किन्नुको साटो उपभोक्ताले ग्यालेक्सी एस नाइन किन्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);