काठमाडौं, २७ फागुन । पार्टी एकताको प्रक्रियामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।
एमाले र माओवादी केन्द्रले आज अपरान्ह साढे १२ बजे संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिने तालिका रहेको सन्दर्भमा एमाले र माओवादी केन्द्रले संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् ।
बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।