काठमाडौं, २५ फागुन । प्रोफेशनल एजुकेशन फेयर यस बर्ष पनि आयोजना गरिने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीले फागुन २७ गते काठमाडौँको होटल अन्नपुर्ण र २८ गते पर्यटकीय नगरी पोखरामा प्रोफेशनल एजुकेशन फेयर २०१८ आयोजना गरेको जानकारी दिएको छ ।
उच्च शिक्षा हासिल गर्न अष्ट्रेलिया जाने विद्यार्थीका लागि अष्ट्रेलियाको कलेज र शैक्षिक वातावराणका बारेमा जानकारी गराउन मेला आयोजना गरेको कन्सल्टेन्सीका कार्यक्रम निर्देशक राजु सिंहले बताए । प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीले विगत ३ वर्ष देखि यस्तो मेलाको आयोजना गर्दै आएको छ । उक्त मेलामा अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागीता रहने बताइएको छ ।




