नेपाल टस जितेर ब्याटिङ गर्दै, नेपालको खराब सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल टस जितेर ब्याटिङ गर्दै, नेपालको खराब सुरुवात

काठमाडौं, २४ फागुन । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपाल आफ्नो दोस्रो खेल स्कटल्याण्डविरुद्ध खेल्दैछ । नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।  नेपाल अंकबिना तालिकाको पुछारमा रहेको छ भने स्कटल्यान्ड दुई खेलमा दुवै जितसहित अग्रस्थानमा रहेको छ ।

अहिले सम्म ४ ओभरको खेलमा नेपालले १४ रन बनाएको छ । नेपालका ओपनर  ज्ञानेन्द्र मल्ल सात बलमा एक रन बनाउँदै साफ्यान शरिफको बलमा बोल्ड भए भने दिलिप नाथ दुई बलमा चार रन बनाएर स्टुवार्ट विटिङ्गमको बलमा एलबीडब्लुको भएका छन् ।

चौंथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्र चार बलमा एक रन बनाएर पेभेलियन फर्किएका छन् भने भने त्यस लगत्तैको बलमा शरद भेषवाकर पनि आउट भएका छन् । उनीहरु दुबैको विकेट स्टुुवार्ट विटिङ्गमले लिएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);