आज १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस,विभिन्न कार्यक्रम गरी मनाईंदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

आज १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस,विभिन्न कार्यक्रम गरी मनाईंदै

आज १०८ औं अन्तराष्ट्रिय महिला दिवस । विभिन्न कार्यक्रम गरी नेपालमा पनि महिला दिवस मनाईंदै छ ।

woman day

काठमाडौं, २४ फागुन । आज १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस । विभिन्न कार्यक्रम गरी नेपालमा पनि महिला दिवस मनाईंदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भीर रहेको बताएका छन ।

प्रधानमन्त्री ओलीले महिला दिवसका अवसरमा शुभकामना दिंदै सामाजिक पछौटेपन, अन्धविश्वास, कुरीति र त्यसबाट महिलाले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राखेको बताएका छन ।

उनले शुभकामना सन्देशमार्फत विभिन्न खालका कुरीति अन्त्यका लागि सरकारले शिक्षा, सचेतना, कानूनी एवं व्यावहारिकरुपमा प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएका छन ।

प्रधानमन्त्री ओलीले संघीय संसद्मा ३३ प्रतिशतभन्दा बढी, प्रदेशसभामा ३४ प्रतिशतभन्दा बढी र स्थानीय तहमा ४० प्रतिशतभन्दा बढी महिला प्रतिनिधि निर्वाचित हुनु तथा राष्ट्रपति र उपराष्ट्रपति एवं सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने संवैधानिक व्यवस्था हुनु विश्वकै लागि प्रेरणादायी भएको बताएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);