पाकिस्तानले किन खोज्यो नेपालको साथ ? | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पाकिस्तानले किन खोज्यो नेपालको साथ ?

abbassi

काठमाडौँ, २४ फागुन । संविधान कार्यान्वयनका क्रममा तीनै तहको निर्वाचनपछि बनेको सरकारको पहिलो पाहुना बने पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासी । संयोग नै होला, प्रतिनिधिसभाको पहिलो बैठक संसद् भवनमा चलिरहँदा राजनीतिक अस्थिरताले जेलिएको र ‘आतंकवाद एवं उग्रवाद’ सँग जुधिरहेको मुलुकका कार्यकारी प्रमुख नेपाल ओर्लिए ।

दस वर्षे माओवादी विद्रोह र लामो राजनीतिक उतारचढावपछि स्थायित्वतर्फ उन्मुख रहेको भन्दै अब्बासी नयाँ प्रधानमन्त्रीलाई शुभकामना दिन अचानक काठमाडौं ओर्लिए । भ्रमणको कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन । केपी ओली प्रधानमन्त्री चयन हुनेबित्तिकै शुभकामना सन्देश दिएसँगै उनले भेटेर खुसी साट्ने इच्छा व्यक्त गरे । उनको इच्छालाई प्रधानमन्त्री ओलीले स्वीकार गरे । सम्बन्धित निकायले त्यसमा अडेर आफ्नो काम अघि बढाए ।

जसले गर्दा २४ वर्षपछि नेपालमा पाकिस्तानका तर्फबाट दुईपक्षीय भ्रमण भयो । हुन त यसबीच सार्क शिखर सम्मेलनमा सहभागी हुन या भुटान जाँदा ट्रान्जिटमा उच्चस्तरको भ्रमण भने भएका थिए । अहिलेको भ्रमणलाई सद्भावना भ्रमणभन्दा माथिल्लो भनिएको छ ।

१९ घण्टा काठमाडौंमा रहँदा अब्बासीले आफ्नो चासो र सन्देश स्पष्ट मात्र पारेनन्, क्षेत्रीय सन्तुलनको खाकासमेत प्रस्तुत गरे । यद्यपि उनी आउने दिनसम्म पनि उनको भ्रमण किन र केका लागि भन्ने स्पष्ट थिएन । उनको छलफल र प्रस्तुतिले भने भ्रमणको औचित्य लुकिरहन सकेन ।, यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);