काठमाडौं, २३ फागुन । राष्ट्रपतिको उम्मेदवार चयन गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिए ।
बैठकमा राष्ट्रपतिमा उम्मेदवारी दिने या नदिने भन्नेबारे निर्णय हुने छ । वाम गठबन्धनका उम्मेदवारले जित्ने पक्का भएका कारण कांग्रेसबाट उम्मेदवारी दिने या नदिने भन्ने बारे निर्णय हुने पौडेलले बताए । बैठकमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने मुख्यसचिव पौडेलले बताए ।




