७०-३० को अनुपातमा एकता हुन सक्दैन : अखिल क्रान्तिकारी | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

७०-३० को अनुपातमा एकता हुन सक्दैन : अखिल क्रान्तिकारी

काठमाडौं, २२ फागुन । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले अनेरास्ववियूसँग ७० र ३० को अनुपातमा एकता हुन नसक्ने बताएको छ ।

मुल पार्टी माओवादी केन्द्रले एमालेसँग गरेजस्तै भागबन्डा नगर्ने भन्दै क्रान्तिकारीले समान रुपले मात्रै एकता गर्नुपर्ने बताएको हो । राष्ट्रिय सम्मेलन सकिएको ६ महिनापछि बसेको अनेरास्ववियू क्रान्तिकारीको बैठकमा संगठनका अध्यक्ष रञ्जित तामाङले अनेरास्ववियभन्दा आफूहरु कम नभएकाले सहअस्तित्वका आधारमा एकता गर्ने बताए ।

केन्द्रमा एमाले र माओवादीले ७० र ३० प्रतिशतले भागबन्डा मिलाएपनि विद्यार्थी संगठन भने त्यसमा सन्तुष्ट नरहेको तामाङले संकेत गरेका छन् । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पनि सम्बोधन गरेका थिए ।

उनले एमालेसँग असमान ढंगले एकता गर्न नलागिएको प्रष्ट पारेका थिए । बैठकमा राष्ट्रिय सम्मेलनपछि संगठनका गतिविधिबारे समीक्षा हुनुका साथै आगामी कार्ययोजनाबारे छलफल भएको छ ।