पुष्कर भट्ट
कञ्चनपुर, २१ फागुन । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका जोनापुरका द्वन्द्व पीडितलाई बिहान बेलुकाको छाक टार्न कठिन भएको छ । गणतन्त्रका लागि होमिएका अधिकांश द्वन्द्व पीडितहरुले गणतन्त्रको आभाष पाएका छैनन् । सहिद बेपत्ता र घाइतेलाई नेताहरुले भर्याङ बनाएको उनीहरुको गुनासो छ ।
दश बर्षको शसस्त्र द्वन्द्वमा कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा ३९ जनाको मृत्यु भएको थियो । तर मृत्यु भएकाको परिवारले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । देशमा धेरै परिवर्तन भएपनि आफूहरुले न्याय पाउन नसकेको द्वन्द्व पीडितको गुनासो छ ।
सरकारले राहत स्वरुप किस्ता किस्तामा १० लाख दिएको थियो । सो रकमले काम गर्न कठिन भएकाले रोजगरको व्यवस्था हुनुपर्ने उनीहरुमो माग छ ।
पीडितहरुको अवस्था दयनीय भएको स्विकार गर्दै स्थानीय तहले विभिन्न सेवा सुविधा दिने आश्वासन दिएको छ । देशमा परिवर्तन आएपनि द्वन्द्व पीडितहरुको मुहारमा कुनै परिवर्तन आएको छैन । द्वन्द्व पीडितको घाउ अझै पनि उस्तै छ ।