अफगानिस्तानमा सरकारी सेनाले दुई दिनसम्म चलाएको सुरक्षा कारबाहीमा ७० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

अफगानिस्तानमा सरकारी सेनाले दुई दिनसम्म चलाएको सुरक्षा कारबाहीमा ७० जनाको मृत्यु

अफगानिस्तानमा सरकारी सेनाले दुई दिनसम्म चलाएको सुरक्षा कारबाहीमा ७० जनाको मृत्यु भएको छ

aafgansiathan

एजेन्सी, २१ फागुन । अफगानिस्तानमा सरकारी सेनाले दुई दिनसम्म चलाएको सुरक्षा कारबाहीमा ७० जनाको मृत्यु भएको छ । सेनाले गरेको सुरक्षा कारबाहीमा परी सरकार विरोधी ५० जना लडाकू तथा इस्लामिक स्टेट आइएस समूह आवद्ध २० जना लडाकूको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता जनरल मोहम्मद रादमनिषले सुरक्षा कारबाहीमा २७ जना विद्रोही घाइते भएको जानकारी दिए । सरकारी अधिकारीहरुले उत्तरी दारजव क्षेत्रमा भएको भिडन्तमा २० जना आइएस विद्रोहीको मृत्यु भएको जनाएका छन् । सरकारी सेनाले हवाई तथा स्थलगत आक्रमण गरेर विद्रोहीलाई जाज्जन क्षेत्रबाट धपाइएको दाबी गरेको छ ।