काठमाडौं, २० फागुन । विकासको नामममा नियम विपरित भक्तपुरको सूर्यबिनायक नगरपालिकाको घ्याम्पेडाँडादेखि पार्टी भञ्ज्याङ्गसम्म सडक विस्तार भइरहेको हो । वन विभागसँग स्वीकृति लिएर सडक विस्तार गर्नुपर्ने हो ।
तर वन विभागको स्वीकृतिबिना सडक विस्तार भइरहेको हो । वन विभागले नियम विपरित सडक विस्तार भएको भन्दै रोक लगाएको छ । सडक विस्तारका लागि सूर्यबिनायक नगरपालिकाकाले १० लाख सयोग गरेको छ । स्थानीयको विरोधपछि सडक विस्तारमा रोक लगाएको नगरपालिकाको भनाई छ ।
सडक निर्माणमा भेटिएको ढुंगा र ग्राभेल सोही बाटोमा उपयोग गर्नु पर्ने हो तर ढंगा र ग्राभेलमा आर्थिक अनिमियतता भएको स्थानीयको भनाई छ । ढुंगा र ग्राभेल प्रति ट्रिपर एक हजारको दरले बित्री गर्ने गरेको खुलसा भएको छ ।तर वडा कार्यालयले भने आर्थिक अनियमितता नभएको दाबी गरेको छ ।
सडक विस्तारको काम गरिरहेको समानान्तर कन्ष्ट्रक्सनले भने ढुंगा र ग्राभेल बिक्री गरेर उठेको पैसा वडा कार्यालयमा नै जम्मा भएको जनाएको छ । नगरपालिका प्रमुख र वडा अध्यक्षबीच नै कुरा बाझिएको छ । सो सडक विस्तारमा जनप्रतिनिधिले नै अनियमितता गरेको आशंका गर्दै सडक विस्तारको अनगुमन र अनुसन्धान गर्न स्थानीयले माग गरेका छन् ।