प्रदेश १ को बजेट चैत १५ गते सार्वजनिक गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रदेश १ को बजेट चैत १५ गते सार्वजनिक गर्ने

विराटनगर, २० फागुन । प्रदेश नम्बर १ को सरकारले चालू आर्थिक वर्षको बजेट चैत १५ गते सार्वजनिक गर्ने भएको छ । आइतबार बिराटनगरमा बसेको मन्त्रिपरिषद बैठकले चालु आर्थिक बर्षको बजेट चैत १५ गते सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बजेटको तयारी गर्न बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई जिम्मा दिएको छ । प्रदेश १ को सरकारले आगामी असारसम्मको लागि बजेट ल्याउन लागेको हो । आगामी आर्थिक वर्षको लागि भने प्रदेश सरकारले असार १ गते बजेट ल्याउने तयारी गरेको छ ।

बैठकले आगामी सय दिनमा गर्ने कामको सुची पनि सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । कामको सुची फागुन २२ गते सार्वजनिक गर्ने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);