कञ्चनपुर, १९ फागुन । लोपोन्मुख वन्यजन्तु संरक्षणका लागि कञ्चनपुरमा युवा जागरण अभियान शुरु गरिएको छ । ‘युवाको जागकरण बाघ चितुवाको संरक्षण’ भन्ने नाराका साथ चोरी शिकारी नियन्त्रण गर्न राष्ट्रिय युवा जागरण अभियान सुरु गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले जानकारी दिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति कञ्चनपुरको आयोजनामा चोरी तस्करी नियन्त्रणका लागि अभियान थालिएको हो ।