एजेन्सी, १८ फागुन । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोना रेलिगेसन जोनमा रहेको लस पालमससँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोना लस पालमससँग १–१ गोलको बराबरीमा खेलेको छ ।
बार्सिलोनाका लागि लिओनल मेस्सीले खेलको २१ औं मिनेटमा गोल गरेका थिए । मेस्सीले फ्रि किकमार्फत गोल गरेका हुन् । तर बार्सिलोनाले त्यसपछि गोल थप्न सकेन । बरु लस पालमसले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा बराबरी गोल फर्कायो ।
लस पालमसका लागि जोनाथन कल्लेरीले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका हुन् । बराबरीपछि बार्सिलोनाको २६ खेलबाट ६६ अंक भएको छ भने लास पालमास २० अंकसहित १८ औं स्थानमा छ ।




