चीनमा एकैपटक ६० सेकेण्डभित्र ५४० वटा ड्रोन आकाशमा उडाउन सकिने नयाँ प्रविधि प्रदर्शन गरिएको छ । चीनको सेन्जेनस्थित एक कम्पनीले २८ औँ चीन हाइटेक मेलामा सवारीसाधनमा जडान गर्न सकिने ड्रोन प्रदर्शन प्रणाली सार्वजनिक गरेको हो । उक्त प्रणालीमार्फत एउटा कन्टेनरबाटै ५४० वटा ड्रोन छोटो समयमै आकाशमा उडाउन सकिन्छ । यस प्रविधिले ड्रोनमार्फत गरिने भव्य आकाशीय प्रदर्शनको तयारी र सञ्चालनलाई छिटो तथा सहज बनाउने अपेक्षा गरिएको छ




