वातावरण प्रदुषण गर्ने जोकोहीलाई नछोड्ने मन्त्री लालबाबुको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

वातावरण प्रदुषण गर्ने जोकोहीलाई नछोड्ने मन्त्री लालबाबुको चेतावनी

काठमाडौं, १६ फागुन । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले एक ठाउँमा उद्योग सञ्चालनको अनुमति लिएर अर्को ठाउँमा स्थापना गर्ने उद्योगीमाथि कारबाही गर्ने बताए ।

सामुदायिक रेडियो प्रशारक संघले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा वातावरणमन्त्री पण्डितले उद्योगीहरुमा एक ठाउँमा वातावरणीय प्रभाव मूल्यांकन गराइ अन्यत्र उद्योग खोल्ने गरेको बारेमा आफू जानकार रहेको भन्दै त्यस्ता उद्योगीलाई कारबाही गर्ने बताए । मन्त्री पण्डितले वातावरण प्रदूषण गर्ने जोकोहीलाई पनि आफूले नछोड्ने चेतावनी दिएका छन् ।

मन्त्री पण्डितले वातावरणको क्षेत्रमा एक वर्षभित्र परिणाम देखिने गरी काम गरेर देखाउने दाबी गर्दै संचार माध्यमहरुलाई विषयवस्तु बुझेर समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);