स्पेनिस ला लिगामा रियल मड्रिड ११ वर्षपछि इस्पान्योलसँग स्तब्ध | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

काठमाडौं, १६ फागुन । स्पेनिस ला लिगामा रियल मड्रिड फेरि कमजोर टिमसँग पराजित भएको छ । रियल मड्रिड अंक तालिकामा १३ औं स्थानमा रहेको इस्पान्योलसँग १–० ले पराजित भएको हो ।

क्रिस्टियानो रोनाल्डोविना मैदान उत्रिएको रियल मड्रिड गएराति भएको खेलमा इन्जुरी समयको अन्तिम मिनेटमा गोल खाएर अंकविहिन भएको हो । रियल मड्रिडलाई पराजित गर्ने क्रममा इस्पान्योलका जेरार्ड मोरेनोले निर्णायक गोल गरे । इस्पान्योलले पछिल्लो ११ वर्षमा रियल मड्रिडलाई पहिलोपटक पराजित गरेको हो ।

सन् २००७ यता इस्पान्योलले रियल मड्रिडसँग २२ खेल खेलेकामा १९ खेलमा पराजय व्यहोरेको थियो भने ३ खेलमा बराबरी गरेको थियो । इस्पान्योललाई नतिजा सुम्पेसँगै रियल मड्रिड २६ खेलबाट ५१ अंकमा रोकिएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ६५ अंक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);