इजिप्टद्वारा बैंक अफ कायरोको ६५० मिलियन अमेरिकी डलरभन्दा बढीको आईपीओ निष्कासन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८३, मंगलबार

इजिप्टद्वारा बैंक अफ कायरोको ६५० मिलियन अमेरिकी डलरभन्दा बढीको आईपीओ निष्कासन

इजिप्टले बैंक अफ कायरोको ४५ प्रतिशत शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत विक्री गरी ६५० मिलियन अमेरिकी डलरभन्दा बढी रकम संकलन गरेको छ । यो इजिप्टको शसेयर बजारमा हालसम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासन भएको सरकारले जनाएको छ । सरकारकाअनुसार उक्त आईपीओबाट ३६ अर्ब ३० करोड इजिप्टियन पाउण्ड (करिव ६५०.७ मिलियन अमेरिकी डलर) रकम संकलन भएको हो । निष्कासनअन्तर्गत ६ अर्ब ८६ करोडभन्दा बढी कित्ता शेयर विक्री गरिएको थियो । उक्त कारोबारपछि बैंकको कुल मूल्यांकन करिब ८० अर्ब ८० करोड इजिप्टियन पाउण्ड पुगेको छ । बैंकको सेयर कारोबार शुरु भएको अवसरमा आयोजित उद्घाटन समारोहमा इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबुली सहभागी हुनुभएको थियो । कार्यक्रममा बैंकिङ तथा पुँजी बजार क्षेत्रका उच्च अधिकारीहरूको पनि उपस्थिति थियो । प्रधानमन्त्री मदबुलीले बैंक अफ कायरोको शेयर बजारमा सूचीकृत हुनुलाई इजिप्टको आर्थिक सुधार कार्यक्रमको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्नुभयो। उहाँले यसले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने तथा व्यक्तिगत र संस्थागत लगानीकर्तामाझ सेयर स्वामित्व विस्तार गर्ने सरकारको नीतिलाई प्रतिबिम्बित गरेको बताउनु भयो । इजिप्टियन एक्सचेन्जका अध्यक्ष ओमर रदवानले उक्त आईपीओले देशको पुँजी बजारमा नयाँ अध्याय शुरु गरेको बताउनु भयो । इजिप्ट सरकारले अर्थतन्त्रमा निजी क्षेत्रको भुमिका बढाउने र सार्वजनिक स्वामित्वमा रहेका संस्थाहरूमा निजी लगानी आकर्षित गर्ने उद्देश्यसहित आर्थिक सुधार कार्यक्रम अघि बढाउँदै आएको छ । बैंक अफ कायरोको आईपीओलाई सोही नीतिको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

Leave a Reply

ताजा समाचार