नेपाल–भारत प्रबुद्ध समूहको बैठकमा विभिन्न चरणमा समझदारी बढेको छ । एकले अर्काको विचार र सुझाब बुझ्न अवसर पाएका छन् । बैठकमा १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा लगायतका विषयमा विचारविमर्श भएको थियो । भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीले नेपाली पक्षबाट असमानता र असन्तुष्टि खारेज हुने सम्भावना रहेको बताएका छन् । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता मन्जु कार्कीले परराष्ट्रविद हिरण्यलाल श्रेष्ठसँग गरेको कुराकानी हेर्नुहोस् :





