भारतसँगको सम्बन्ध नेपालको लागि अवसर हो, समस्या होइनः सांसद राई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतसँगको सम्बन्ध नेपालको लागि अवसर हो, समस्या होइनः सांसद राई

काठमाडौं । नेकपा(एमाले)का सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँगको नेपालको सम्बन्ध अवसर भएको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसद राईले नेपालको लागि भारतसँगको सम्बन्ध अवसर भएको बताउनुभएको हो । उहाँले छिमेकी मुलुकसँगको सम्बन्ध हाम्रो लागि समस्या नभएको बताउनु भयो ।

उहाँले भारतसँगको सम्बन्धलाई अवसरको रुपमा परिणत गर्न नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपर्ने भएपनि त्यस्तो हुन नसकेको बताउनु भयो । सांसद राईले सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिको मुल कपि नै नभएको भन्दै बजारमा सुनिएका कुराहरुको आधिकारिताको सम्बन्धमा प्रश्न उठाउनु भयो ।

उहाँले नेपालमा सन् १९५० को सन्धि खारेज हुनुपर्ने माग बारम्बार उठिरहने भन्दै सो सन्धि खारेज हुनु र नहुनेको कुनै अर्थ नभएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);