संसदमा प्रधानमन्त्रीको दर्शन पाउन पनि दूर्लभ भयोः रघुजी पन्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संसदमा प्रधानमन्त्रीको दर्शन पाउन पनि दूर्लभ भयोः रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालको दर्शन पाउन पनि दूर्लभ भएको टिप्पणी गर्नु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री दाहालको संसदमा अनुहार हेर्न पनि दूर्लभ भएको बताउनु भएको हो । उहाँले भारत भ्रमणबारे संसदलाई अझै जानकारी नगराएको भन्दै प्रधानमन्त्री दाहालको आलोचना समेत गर्नु भयो ।

सांसदहरुले पटकपटक आग्रह गर्दा पनि प्रधानमन्त्री दाहालले संसदमा त्यसबारे एक शब्द पनि नबोलेको भन्दै उहाँले असन्तुष्टि समेत व्यक्त गर्नु भयो । सांसद पन्तले प्रधानमन्त्री दाहालको भारत भ्रमण फलदायी होस भन्ने आफूहरुले चाहेको पनि बताउनु भयो । भारतसँगको सम्बन्ध नेपालको लागि महत्वपूर्ण हुने उल्लेख गदै उहाँले प्रधानमन्त्री दाहालको सो भ्रमण सफल रहोस भनि कामना समेत गर्नु भयो । सांसद पन्तले भन्नु भयो, ‘प्रधानमन्त्रीको भारत भ्रमण हाम्रा लागि महत्वपूर्ण छ । प्रधानमन्त्रीको भारत भ्रमण राम्रो होस्, सफल होस् । र, त्यो मुलुकका लागि फलदायी होस् भन्ने शुभकामना पनि छ । तर सबभन्दा दुखको कुरा के हो भने सभामुख महोदय । यो भारत भ्रमणको एजेण्डाहरु के–के हुन ? भन्ने कुराहरु संसद चलिरहेको यो बेला पनि हामीले अखबारहरुमा पढनु परेको छ । बाहिर माध्यामहरुमा सुन्नु परेको छ । संसद भित्र हामीले पटकपटक आग्रह गर्दा पनि प्रधानमन्त्रीले आएर आफ्नो भारत भ्रमणबारे एक शब्द भन्नु भएको छैन । प्रधानमन्त्रीको त अनुहार हेर्न पनि, दर्शन पाउन पनि दुर्लभ भईसक्यो । त्यसैले यो महत्वपूर्ण विषयको बारेमा संसद भित्र छलफल होस् । आज पनि यस विषयमा कतिपय सांसदहरुले आफ्नो मत राख्नु भयो । सभामुख महादय, भारतसँगको सम्बन्ध हाम्रा लागि अत्यन्तै महत्वपूर्ण छ । र, त्यो सम्बन्ध सुमधुर होस, सुदृढहोस् र, नेपालको लागि फलदायीहोस भन्ने हाम्रो चाहना छ ।’

सांसद पन्तले भारतसँगको नेपालको सम्बन्ध अझै सुमधुर र सुदृढ हुनुपर्नेमा पनि जोड दिनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);