प्रचण्ड जस्ता साहसिक प्रधानमन्त्री मुलुकले कमै पाउछः प्रदिप यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रचण्ड जस्ता साहसिक प्रधानमन्त्री मुलुकले कमै पाउछः प्रदिप यादव

pradip yadav

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रशंशा गर्नु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले दाहाल साहसिक प्रधानमन्त्री भएको भन्दै त्यस्तो प्रधानमन्त्री मुलुकले कमै पाउने दावी समेत गर्नु भयो । सांसद यादवले मुलुक संकटमा परेकाले त्यसको निकासका लागि प्रधानमन्त्री दाहाललाई सबै राजनीतिक पार्टीले मिलेर विश्वासको मत दिनुपर्ने तर्क समेत गर्नु भयो ।

उहाँले विगतमा गरिएको प्रतिवद्धता कार्यान्वयन गरेर अघि बढन प्रधानमन्त्री दाहालको पनि ध्यानाकर्षण गराउनु भयो । सांसद यादवले भन्नु भयो, ‘आज आम नेपाली जनताले प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक व्यक्त गर्नु भएको प्रतिवद्धता कार्यान्वयन चाहेको छ । म उहाँको प्रतिवद्धताको कार्यान्वयनमा सफलता मिलोस भन्ने कामना गर्न चाहन्छु । पुष्पकमल दाहालजस्तो साहसिक प्रधानमन्त्री कमै पाईन्छ । यिनका मनमा केही रहँदैन । प्रष्ट बोल्ने, प्रष्ट कुरा राख्ने । र, अहिले मुलुकमा जुन प्रकारको संकट परेको छ । मुलुकमा जुन प्रकारको अर्थतन्त्रमा तरलता आएको छ । यो अवस्थामा हामी सबै मिलेर सम्माननीय प्रधानमन्त्रीजीलाई मतदान गरौं । म अनुरोध गर्न चाहन्छु ।’

सांसद यादवले नेपाली जनताले प्रधानमन्त्री दाहालबाट विगतमा गरिएको प्रतिवद्धता कार्यान्वयन भएको हेर्न चाहेकाले उहाँले सो काममा आफूलाई केन्द्रित गर्नुपर्ने बताउनु भयो । उहाँले महंगी नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);