कालापानी लगायतका नेपाली भूमि फिर्ता लिनेबारे भारतसँग उपयुक्त तरिकाले छलफल हुन्छः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

कालापानी लगायतका नेपाली भूमि फिर्ता लिनेबारे भारतसँग उपयुक्त तरिकाले छलफल हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका बेला लिपुलेक, कालापानीलगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताउनु भएको छ ।

नेपालको सीमा सुरक्षाबारे आफूले भारत भ्रमणको क्रममा गम्भिरतापूर्वक छलफल गर्न ध्यान दिने प्रधानमन्त्री दाहालको प्रतिवद्धता थियो । शनिबार सांसदहरुले सोधेका स्पष्टिकरणबारे जवाफ दिने क्रममा उहाँले पञ्चेश्वर परियोजना अघि बढाउनेबारे नयाँ समझदारी हुने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले आफ्नो भारत भ्रमणमा सार्क बैठकलाई सुचारु गर्ने विषयमा पनि छलफल गर्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘सार्क बैठकको बारेमा छलफल चलिराखेको छ । यो विषयमा मेरो गम्भिर रुपले ध्यान छ । यी विषय उपयुक्त तरिकाले छलफलमा जान्छन । पञ्चेश्वर परियोजना अघि बढाउने बारे एउटा नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ । र, निकै सकारात्मक ढंगले छलफल चलिराखेको छ ।’

प्रधानमन्त्री दाहालले २ वर्ष भित्र भूमि सम्बन्धि समस्या समाधान गर्ने आश्वासन पनि दिनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);