प्रचण्ड नाटक गर्न धेरै सिपालु हुनुहुन्छ : भगवती न्यौपाने (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रचण्ड नाटक गर्न धेरै सिपालु हुनुहुन्छ : भगवती न्यौपाने (भिडियोसहित)

काठमाडौं, २४ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आज चौंथो पटक पनि राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ । आईतबार राष्ट्रियसभा बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरुले उभिएर प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म आफूहरुले संसद अवरुद्ध पार्ने काम बन्द नगर्ने अडान लिएपछि राष्ट्रियसभा बैठक पुनः स्थगित हुन पुगेको छ ।

बैठकमा बोल्दै एमालेकी सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म आफूहरुले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिने अडान राख्नु भयो । उहाँले प्रधानमन्त्री दाहाल संसदमा आएर सो विषयको स्पष्टिकरण दिन लायक नरहेको जिकीर समेत गर्नु भयो । सांसद न्यौपानेले नेपालको सरकार बनाउन भारतलाई खुला आमन्त्रण गर्नेगरी अभिव्यक्ति दिने प्रधानमन्त्री दाहालले कसरी आफूले सो कुरा बोलेको होइन भनेर भन्नु भएको हो ? भनि प्रश्न समेत गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘हामी अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुख्य पात्र भएर गरिरहनु भएको प्रहसनको नाटक हेरिरहेका छौं । वास्तवमा पाष्ट हिष्ट्री सम्झन मन लाग्दैन । विगतमा पनि जनयुद्ध गर्दैगर्दाखेरी उहाँ र एक जना नेताले भारतलाई लेखेको पत्र पछि सार्वजनिक भएको थियो । उहाँ धेरै ढाँटनु हुन्छ देशलाई । धेरै ढाँटनु हुन्छ नेपाली जनतालाई । उहाँ स्वाधिनताको विरुद्धमा धेरै पटक उभिनु भएको छ । उहाँका यस्ता कर्तुतहरु विगतमा पनि धेरै देखिए । मैले दृष्टान्तका लागि मात्रै विगतका केही कुरा जोडदैछु । एमसीसीको विरुद्धमा यहाँ बोल्नु भयो । तर एमसीसी बोर्डलाई पत्र लेख्नु भो । एमसीसी पास गर्ने प्रतिवद्धता जनाएर, बाचा जनाएर पत्र लेख्नु भयो । गठबन्धनका दुई नेता मिलेर प्रतिवद्धतासहितको पत्र लेख्नु भो । यति समयसीमा पास गर्छौ भनेर लेख्नु भयो । तर यहाँ सो प्रस्तावमा पारित गरउनु भयो । त्यही समयमा कार्यकर्तालाई उफार्नु भयो । मैले यो दृष्टान्त किन दिँदैछु भने उहाँ नाटक गर्न धेरै सिपालु हुनुहुन्छ । उहाँले स्वाधिनताको विरुद्ध, यो देशको राष्ट्रियताको विरुद्धमा, स्वाभिमानका विरुद्धमा पटकपटक धावा बोल्नु भएको छ । भारतलाई नेपाल सरकार बनाउन खुला रुपमा आमन्त्रण गर्नु भएको छ । यो भन्दा केही वर्ष अगाडि पनि । यो भन्दा अगाडि भारतका निम्ति कम्र्फटेवल सरकार बनाउनका लागि भारतलाई खुला रुपमा सहयोग माग्नु भयो । र, आमन्त्रण गर्नु भयो । यो यो दल भयो भनेर भारतका निम्ति कम्र्फटेवल हुन्छ भनेर । हुँदै जाँदा उहाँले त्यस्ता गल्तीहरु धेरै गर्नु भयो । म धेरै वर्ष अगाडिका कुरा गर्दिन । केही समय अगाडि भारतमा जाँदे गर्दाखेरी पनि उहाँले धेरै राष्ट्रघाती सहमती गरेर आउनु भएको छ । हामीले यही सदनमा कुरा उठायौं–इपिजीको बारेमा तपाई बोल्नु भयो कि भएन प्रधानमन्त्रीज्यू । के कुरा राख्न भयो ? भारतमा गएर भन्दैगर्दा यही सम्मानित सदनमा उत्तर दिनु भयो–मैले इपिजीको बारेमा केही कुरा उठाएको भए वातावरण बिग्रन्थ्यो भनेर । म खत्रक्कै परिन्छ कि भनेर त्यो कुरा उठाईन भनेर भन्नु भयो । उहाँले ग्रेटर भारतको नाममा भारतले नक्सा प्रकाशन गर्दैगर्दा त्यो नेपालको भूमि, नेपालको माटो समेटिएर प्रकाशन गरेको नक्शा हेरेर आउनु भयो । उहाँलाई दुखेन, अलिकति पनि पीडा भएन । उहाँलाई अलिकति पनि पोलेन । त्यसै गरेर फुकोट कर्णाली नेपाल आफैंले बनाउने भनेर मन्त्रीपरिषदले निर्णय गरेको कुरा उहाँले भारतलाई सुम्पेर आउनु भयो । यस्ता राष्ट्रघाती काम गर्दाखेरी प्रधानमन्त्रीज्यू तपाईले पुर्खाहरुको इतिहास सम्झनु भएन ? यो देश बलभद, भक्ती थापा, अमर सिंहहरुले गरेको योगदान सम्झनु भएन ? त्यसैले तपाईले म दुर्लभ प्रधानमन्त्री हुँ भनेर जसरी भन्नु भएको छ । दुर्लभ प्रधानमन्त्रीले गर्ने यस्तै हर्कत हो । राष्ट्रियताको विरुद्ध, स्वाधिनताको विरुद्ध कति पटक सहने ? पछिल्लो दिनमा उहाँले जे गर्नु भयो । म भन्न चाहन्छु–प्रधानमन्त्रीज्यू तपाईका धेरै कर्तुतहरु पछि खुल्दै जान्छन । बरु तपाईले अहिले नै एकमुष्ट रुपमा यो संसदमा आएर होइन, संसदलाई त तपाईले धेरै अपमान गर्नु भयो । संविधान च्यात्नु भयो । कानुन च्यात्नु भयो । संसदलाई अपमान गर्नु भयो । संसदले बनाउने होइन प्रधानमन्त्री भन्ने सन्देश दिनेगरी छिमेकी देशले बनाउने हो भन्ने सन्देश गरी प्रस्तुत हुनु भयो । संसदमा होइन बाहिर कसैको पुस्तक विमोचनमा गएर बरु एकमुष्ट रुपमा भन्नुस प्रधानमन्त्रीज्यू, तपाईले यो देशमा राजनीतिक हस्तक्षेपका निम्ति को कोलाई प्रयोग गर्नु भएको छ, क–कसलाई पत्र पठाउनु भएको छ । भोली भविष्यले खोज्ला । बरु किस्ता बन्दीमा बनेर कति पटक विवादित हुनुहुन्छ ? एकैपटक भनिदिनु होला । त्यसैले म भन्न चाहन्छु–अव तपाईले संसदलाई जवाफ दिन आवश्यक छैन । किनभने तपाईको कुरा प्रष्टसँगले आईसकेको छ । तपाईले प्रष्टसँग भन्नु भएको छैन र ? बाहिर भाषण गर्दै हुनुहुन्छ अझ मैले बोलेको होइन भनेर । प्रष्टसँग तपाईले बोलेको, तपाईकै सस्वर आएन र प्रधानमन्त्रीज्यू । तपाईले भन्नु भएको यही होइन र–मलाई प्रधानमन्त्री बनाउनका निम्ति धेरै मेहनत गर्नु भयो । प्रितम सिंहले मलाइृ प्रधानमन्त्री बनाउन धेरै पटक भारत जानु भयो भनेर प्रष्टसँग तपाईले भन्नु भएको होइन ? अनि मैले बोलेको होइन भन्ने नैतिकता छैन प्रधानमन्त्रीज्यू । देश नैतिकताले चल्छ, कानुनले चल्छ । किनभने यो स्वाधिनताको विषय हो । राष्ट्रियताको विषय हो । यो सामान्य विषय होइन । त्यसैले तपाई यो संसदमा आएर जवाफ दिन लायक प्रधानमन्त्री हुुनुहन्न । र, प्रधानमन्त्रीको कुर्सीमा बस्न योग्य पनि हुुनुहुन्न । त्यसैले एउटा मात्रै समाधान भनेको तपाईको बहिर्गमन हो । तपाईको बहिर्गमन नहुँदासम्म हाम्रो माग जारी रहन्छ ।’

सांसद न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहालले यस अघि पनि पटकपटक राष्ट्रघाती काम गरेको उल्लेख गर्दै अव सैह्य नहुने चेतावनी समेत दिनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);