एमाले-माओवादीको कार्यदल बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एमाले-माओवादीको कार्यदल बैठक बस्दै

oli-prachanda

काठमाडौं,१५ फागुन । एकिरणपछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको अन्तरिम विधान बनाउन एमाले र माओवादीका नेताहरुको कार्यदलको बैठक बस्दैछ ।
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा अन्तरिम विधान निर्माणको लागि कार्यतालिका निर्माण गरिने छ ।

२५ गतेभित्र एकिकृत पार्टीको लागि अन्तरिम विधान बनाएर पार्टी अध्यक्षहरुलाई बुझाउने गरी आजदेखि तिब्र गतिमा काम अघि बढाउने तयारी भएको एमाले सचिव एवं कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिए । अन्तिरम विधान निर्माणको लागि यसअघि नै एमाले र माओवादीले एक अर्काको विधान र विभिन्न कमिटिहरुको अध्ययन गरिसकेका छन् ।

अन्तरिम विधान निर्माणको लागि माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, रघुवीर महासेठ, बेदुराम भुसाल, गिरिराजमणी पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मात्रिका यादव सदस्य रहेको कार्यदल बनाइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);