एमाले सचिवालय बैठक शुरुः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

एमाले सचिवालय बैठक शुरुः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित

काठमाडौं ।

नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको छ ।
जारी केन्द्रिय कमिटीको बैठक चलिरहेकै अवस्थामा बोलाइएको यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रश्तुत राजनीतिक प्रतिवेदनमा सदस्यहरूले राखेका सुझावहरूलाई एकीकृत गर्ने र सांगठनिक विषयमा निर्णय लिने तयारी गरिएको छ । पार्टीको केन्द्रिय कमिटी बैठकमा सहभागी सदस्यहरूबाट प्राप्त रचनात्मक सुझावहरूलाई अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा समेटेर त्यसलाई अन्तिम रूप दिने कार्यलाई बैठकले प्राथमिकतामा राखेको छ । राजनीतिक प्रतिवेदनमाथिको छलफलसँगै पार्टीको सांगठनिक सुदृढीकरणका लागि महत्वपूर्ण मानिने स्थायी कमिटी र पोलिटब्युरो गठनको विषयमा पनि बैठकमा गहन छलफल हुने कार्यसूची छ । पार्टीका उच्च नेताहरूकाअनुसार यो सचिवालय बैठकले पार्टीका विभिन्न निकायलाई पूर्णता दिने र आगामी राजनीतिक कार्यदिशालाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ । केन्द्रिय कमिटीको बैठक जारी रहँदा सचिवालयको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ, किनकि यसले लिने निर्णयहरूले पार्टीको आगामी सांगठनिक ढाँचा र नीतिगत प्राथमिकताहरू निर्धारण गर्नेछन् ।

Leave a Reply

ताजा समाचार