रसुवा बाढी प्रभावित घाइतेको उपचारमा सहयोग गर्न एमालेको रक्तदान कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

रसुवा बाढी प्रभावित घाइतेको उपचारमा सहयोग गर्न एमालेको रक्तदान कार्यक्रम

काठमाडौँ ।

नेकपा एमाले सम्पर्क विशेष कमिटीले रसुवा बाढी घाइतेहरूको उपचारमा सहयोग पु¥याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिवार एमाले पार्टी कार्यालय, च्यासलमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले रक्तदान गरेका छन् । प्रभावित घाइतेहरूको उपचारमा आवश्यक रगतको अभाव हुन नदिन सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । सम्पर्क विशेष कमिटीले मानवीय सेवामा योगदान पु¥याउने उद्देश्यले नेपाल रेडक्रस सोसाईटीको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो मानविय तथा भौतिक क्षति पु¥याएको छ । बाढीमा परि ज्यान गुमाएका १ हजार ३ सय ४४ जनाको शव फेला परेको छ भने पाँच हजार अझै सम्पर्कविहीन छन् । बाढीपछि घाईते भएका ५ हजार ६ सय ६३ जनाको उपचार गरिएको छ भने अझै ३ सय १४ जना घाईते विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

Leave a Reply