चीनको चेङ्दु र इथियोपियाको अदिस अबाबाबीच सिधा कार्गो हवाई सेवा शुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

चीनको चेङ्दु र इथियोपियाको अदिस अबाबाबीच सिधा कार्गो हवाई सेवा शुरु

चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनको राजधानी चेङ्दु र इथियोपियाको राजधानी अदिस अबाबालाई जोड्ने नयाँ कार्गो हवाई मार्ग शुक्रवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । बोइङ ७७७ एफ फ्रेटर विमानमार्फत सञ्चालन गरिएको यो हवाई सेवा हालका लागि हप्ताको दुई पटक (सोमवार र शुक्रवार) उपलब्ध हुनेछ । बजारको माग र आवश्यकतालाई मध्यनजर गर्दै भविष्यमा उडान संख्या बढाएर हप्ताको चार पटक पु¥याउने योजना रहेको बताइएको छ । चीनका लागि इथियोपियाका राजदूत टेफेरा डेर्बेउ यिममामले यस नयाँ हवाई मार्गको शुरुवातसँगै अफ्रिकी मुलुकहरूलाई चिनियाँ बजारमा आफ्ना उत्पादनहरू निर्यात गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँकाअनुसार अफ्रिकासँग चिनियाँ उपभोक्ता र बजारका लागि उपलब्ध गराउन सक्ने पर्याप्त वस्तुहरू रहेका छन् । राजदूत यिममामले भन्नुभयो, ‘शून्य भन्सार शुल्कको सुविधाले इथियोपिया लगायतका अफ्रिकी देशहरूलाई चिनियाँ बजारमा थप प्रतिस्पर्धात्मक रूपमा वस्तु निर्यात गर्न सक्षम बनाउनेछ । यसबाट चिनियाँ उपभोक्ताले उचित मूल्यमा अफ्रिकी उत्पादनहरू प्राप्त गर्न सक्नेछन् ।’
उहाँले चिनियाँ लगानीकर्ताहरूलाई इथियोपियाका विभिन्न प्राथमिकताका क्षेत्रहरूमा लगानी गर्न आह्वान गर्दै शून्य भन्सार सुविधाको पूर्ण लाभ लिन समेत आग्रह गर्नुभयो । हाल इथियोपियाले चीनबाट विद्युतीय सवारी साधन, हरित ऊर्जा उत्पादनका उपकरण, मेसिनरी, पार्टपुर्जा र स्टिल लगायतका सामग्रीहरू ठूलो परिमाणमा आयात गर्दै आएको छ ।
यो नयाँ कार्गो सेवाले दुवै देशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउँदै दुवै पक्षका लागि ‘जित–जित’ को स्थिति सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

ताजा समाचार