संयुक्त राष्ट्र संघका महासचिवद्वारा अफ्रिकी चुनौतीहरू समाधान गर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

संयुक्त राष्ट्र संघका महासचिवद्वारा अफ्रिकी चुनौतीहरू समाधान गर्न आग्रह

एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिकाले विश्वका केही ‘सबैभन्दा कठिन चुनौतीहरू’ दृढता, सिर्जनशीलता र लचिलोपनका साथ सामना गरिरहेको बताउनुभएको छ ।

इथियोपियाको राजधानी अदिस अबाबास्थित अफ्रिकी युनियन (एयू) को मुख्यालयमा आयोजित ३९ औँ शिखर सम्मेलनको अवसरमा सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै महासचिवले विकासका चुनौतीहरू समाधान गर्न अफ्रिकी राष्ट्रहरूले गरिरहेका निरन्तर प्रयासहरूको उच्च कदर गर्नुभयो ।

महासचिव गुटेरेसले अफ्रिकाले शीतयुद्धपछिको सबैभन्दा ध्रुवीकृत, अनपेक्षित र अस्थिर अन्तर्राष्ट्रिय वातावरणमा वास्तविक समस्याहरू समाधान गर्न ठोस र व्यावहारिक कार्य गरिरहेको बताउनु भयो । उहाँले अफ्रिकामा विश्वका केही तिब्र गतिमा विस्तार भइरहेका अर्थतन्त्रहरू रहे पनि ऋणको भार र उच्च ब्याजदरका कारण शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना जस्ता क्षेत्रमा प्रगति हुन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले वर्तमान अन्तर्राष्ट्रिय वित्तीय संरचना धनी राष्ट्रहरूको हितका लागि निर्माण गरिएको र यसले विकासशील अर्थतन्त्रहरूलाई सहयोग गर्न असफल भएको बताउनु भयो ।

Leave a Reply