ललितपुरको कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमा मेला | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

ललितपुरको कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमा मेला

काठमाडौं । ललितपुरको पाटनस्थित ऐतिहासिक एवं प्रसिद्ध कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमाको अवसरमा आज विशेष मेला लागेको छ ।
बिहीवार बिहानैदेखि मन्दिर परिसरमा पूजाआजा गर्ने र मेला भर्ने भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको यस पर्वका अवसरमा कुम्भेश्वर महादेवको दर्शन गर्न र त्यहाँस्थित पवित्र कुण्डमा स्नान गर्न काठमाडौं उपत्यकाका विभिन्न स्थान तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा दर्शनार्थीहरू पुगेका छन् । पौराणिक मान्यताअनुसार रसुवाको गोसाइँकुण्ड जान नसक्ने भक्तजनहरूले कुम्भेश्वरको कुण्डमा स्नान गर्दा गोसाइँकुण्डकै बराबर पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । मेलालाई व्यवस्थित बनाउन र दर्शनार्थीहरूको सहजताका लागि स्थानीय प्रशासन तथा विभिन्न संघसंस्थाका स्वयंसेवकहरूले सहजीकरण गरिरहेका छन् । बिहानैदेखि शुरु भएको भक्तजनको चहलपहल मन्दिर परिसरमा दिनभर रहने देखिन्छ । जनैपूर्णिमाको यस विशेष दिनमा नयाँ जनै फेर्ने र रक्षाबन्धन बाँध्ने परम्पराअनुसार मन्दिर परिसरमा व्राह्मणहरूबाट रक्षाबन्धन ग्रहण गर्नेहरूको समेत बाक्लो घुइँचो लागेको छ ।

Leave a Reply