स्वच्छ खानेपानी पिउन पाउने नागरिकको नैसर्गिक अधिकारमाथि सरकारले व्यापार गर्न खोज्योः दुलाल | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

स्वच्छ खानेपानी पिउन पाउने नागरिकको नैसर्गिक अधिकारमाथि सरकारले व्यापार गर्न खोज्योः दुलाल

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारले स्वच्छ खानेपानी पिउन पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकार हनन गरिरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको सामेवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले खानेपानीमाथि व्यवसाय गरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले मुहानबाट पानी उपलब्ध हुन नसक्ने स्थानमा लिफ्टमार्फत पानी तानेर नागरिकले उपभोग गर्दै आएकोमा विद्युत सेवामा नयाँ भ्याट व्यवस्था लागू गर्दा त्यसको प्रत्यक्ष प्रभाव नागरिकमा परिरहेको बताउनु भयो । लिफ्टमार्फत तानिएको पानीमा समेत कर लगाइनु नागरिकको आधारभूत अधिकारविपरीत भएको उहाँको तर्क छ । प्रमुख सचेकत दुलालले लिफ्टबाट तानिएको खानेपानी पनि नागरिकले निःशुल्क रूपमा उपभोग गर्न पाउनुपर्ने पाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।उहाँले पानीको स्रोत निर्यातयोग्य उद्योग भएको भन्दै यसलाई उद्योगकै रुपमा राख्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार