पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति संसदमा एमालेको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति संसदमा एमालेको आपत्ति

काठमाडौँ । नेकपा (एमाले)ले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएको तथा उहाँको कार्यालय र घरमा समेत खानतलासी गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद राजेन्द्रकुमार राईले यस्तो आपत्ति जनाउनुभएको हो । उहाँले पत्रकार श्रेष्ठमाथि भएको व्यवहार नागरिकको अभिव्यक्ति स्वतन्त्रमाथिको हस्तक्षेप भएको टिप्पणी गर्नुभयो । सांसद राईले सरकार अधिनाकवादतर्फ उन्मुख भइरहेको समेत आरोप लगाउनु भयो । उहाँले लोकतान्त्रिक व्यवस्थामा सबै नागरिकलाई लेख्ने र बोल्ने हक भएको भन्दै सरकारले यस्तो गर्न पाउँछ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सरकारले नागरिकको जिउधनको सुरक्षा गर्नुपर्नेमा आफैं समाजमा संशय र असुरक्षा पैदा गरिरहेको आरोप पनि लगाउनु भयो ।

पत्रकार श्रेष्ठलाई साउन २७ गते सप्तरीका अमरकान्त चौधरीको उजुरीको आधारमा पक्राउ गरिएको थियो । उहाँ हाल न्यायिक हिरासतमा हुनुहुन्छ ।

Leave a Reply