पार्टी भित्र मौलाएको गुट-उपगुटका कारण कांग्रेसको पराजय : प्रवक्ता शर्मा | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

पार्टी भित्र मौलाएको गुट-उपगुटका कारण कांग्रेसको पराजय : प्रवक्ता शर्मा

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २५ बर्षदेखि पार्टी नेतृत्वले गर्दै आएका अभ्यासका कारण कांग्रेसले पराजय व्यहोर्नु परेको बताएका छन् ।

प्रेस युनियनले शनिबार काठमाडाैँमा गरेको कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले तात्कालिक नभई मुलतः २५ बर्ष यताका पार्टी भित्रका अभ्यासहरु नै पराजयको कारण बनेको बताएका हुन् । उनले लामो समय देखि पार्टी भित्र मौलाउँदै आएको गुट उपगुटको उपज पनि पराजय भएको उल्लेख गरे ।

कुनै नेतृत्वलाई सम्मान गर्दै गर्दा अर्को नेतृत्वलाई अपमान, कसैको कुरा सुन्दा अर्को समुह अन्यायमा पर्ने जस्ता कैयाैँ आन्तरिक समस्याका कारण पार्टी सांगठनिक रुपमा कमजोर भएको उनको तर्क थियो । उनले समावेशी लगायत कतिपय विषयलाई तात्कालिक नेतृत्वले समय अनुकुल आत्मसाथ र अभ्यास नगरेका कारण पनि पार्टी आन्तरिक रुपमा कमजोर बनेको बताए ।

नेपाली कांग्रेसले तीनै तहको निर्वाचन पछि पार्टीले भोग्नुपरेको पराजयको कारणबारे अहिले सम्म आन्तरिक रुपमा समेत छलफल गरेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);