संविधान संशोधन नभएसम्म राजपा सरकारमा सहभागी हुँदैन : झा | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

संविधान संशोधन नभएसम्म राजपा सरकारमा सहभागी हुँदैन : झा

काठमाडौं, १२ फागुन । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधन नभएसम्म राजपा सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘संविधान संशोधन भयो भनेमात्रै हामी सरकारमा जानेबारे सोच्न सक्छौं, अहिले हामीले सरकारमा सहभागी हुनेबारे केही पनि सोचेका छैनौँ ।’

हिजोको दिनमा संविधान संशोधन भैरहँदा संशोधन गर्नै हुँदैन भनेर क्रान्तिकारी भाषण गर्ने र दुई तिहाई पुर्याउन नदिने दल नेकपा एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै झाले भने,‘हामी त संशोधनको पक्षधर हौं, तर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संशोधनको लागि ईच्छुक हुनुहुन्छ कि हुनुहुँदैन ? उहाँहरुसँग अहिले प्रचण्ड बहुमत छ, हामी पनि भयौं भने दुई तिहाई भन्दा बढि बहुमत हुन्छ।’

झाले एमाले–माओवादीसहित राजपा र फोरम पनि मिल्यो भने संशोधनको लागि प्रचण्डभन्दा प्रचण्ड बहुमत पुग्ने र संविधान संशोधन रातारात हुने अर्थात तुरुन्त हुने विश्वास दिलाए । उनले संशोधन नगरी आफूहरु सरकारमा नजाने अडान दोहोर्याए ।

ताजा समाचार