भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु

भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शुक्रवार गुडिरहेको एक सवारी साधनमा ठूलो ढुङ्गा खस्दा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । हिमाञ्चल प्रदेशको चम्बा जिल्लास्थित कढुनाला–राहुली क्षेत्र नजिकै सो दुर्घटना भएको हो । पहाडबाट खसेको ढुङ्गाले थिच्दा सवारी साधनको पछाडिको भागमा आगलागी भएको थियो । दुर्घटनाग्रस्त सवारी साधनमा १५ जना सवार रहेको बताइएको छ । घाइते दुई जनालाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । प्रारम्भिक जानकारी अनुसार दुर्घटनाका पीडितहरू स्थानीय बासिन्दा रहेका छन् । घटनालगत्तै स्थानीय विपद् व्यवस्थापन टोलीले घटनास्थल पुगेर सडक मर्मत तथा अवरोध हटाउन केही समय यातायात बन्द गरेको थियो ।

Leave a Reply