काठमाडौं, १० फागुन । कांग्रेसका युवाहरुले कांग्रेस शुद्धीकरण भन्दै नेतृत्व विरुद्ध अभियान घोषणा गरेका छन् । ‘हाम्रो अभियान हाम्रो कांग्रेस’ नाम दिएर सुरु गरिएको अभियानबारे कांग्रेसका युवाहरुले आज सानेपामा पत्रकार सम्मेलन गरि जानकारी दिए ।
नेतृत्वको नालायकीपनले नेपाली कांग्रेसलाई इतिहासमै सबैभन्दा कमजोर बनाएको भन्दै आगामी २४ गते प्रदेश नम्बर एकको विराटनगरबाट अभियान सुरु गर्ने उनीहरुले बताए । बीपी कोइरालाले प्रदर्शन गरेको राजनीतिक र चारित्रिक निष्ठालाई लिएर शु्द्धीकरण अभियान थालेको भन्दै उनीहरुले अभियानमा साथ दिन सबै कांग्रेसीहरुलाई आह्वान गरेका छन् ।




