सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ

काठमाडौं ।

राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद दुर्गा गुरुङले विद्युत व्यापारमा सरकारले उचित कदम चाल्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले उक्त कुरा बताउनुभएको हो । सांसद गुरुङले उत्पादित विद्युत समेत प्रशारण लाइन र भण्डारणको उचित व्यवस्था नहुँदा उपयोग हुन नसकेकाले सरकारले यसको आवश्यक प्रवन्ध गरी उर्जा व्यापारको विषयमा आवश्यक कदम चाल्नुपर्ने बताउनु भयो । उहाँले समयमा नै जलविद्युत आयोजनहरु सम्पन्न गर्न पनि सरकारलाई दवाव दिनुभयो ।
सांसद गुरुङले विद्युतको खपत क्षमता बढाउनका लागि पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

Leave a Reply