काठमाडौँ ।
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलका नेता कमला पन्तले संसदमा उठेका समसामयिक विषयबारे सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ । बुधवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले संसदका सांसदहरुले उठाएका समसामयिक विषयहरुको अहिलेसम्म सम्बोधन नभएको भन्दै सरकारप्रति असन्तुष्टि समेत व्यक्त गर्नुभयो । नेता पन्तले सरकारलाई उक्त विषयमा सम्बोधन गर्नका लागि रुलिङ नगरेको भन्दै अध्यक्ष नारायणप्रसाद दाहालको पनि आलोचना गर्नुभयो । नेता पन्तले सरकारले संसदमा सांसदहरुले उठाएको विषयमा गम्भिरतापूर्वक सम्बोधन गर्नुको विकल्प नभएको पनि बताउनु भयो ।




