झलनाथको प्रश्तावः ‘वामपन्थीहरूले हात मिलाउनुको विकल्प छैन, यही दिनदेखि दीर्घकालिन एकताको प्रक्रिया थालौँ’ | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

झलनाथको प्रश्तावः ‘वामपन्थीहरूले हात मिलाउनुको विकल्प छैन, यही दिनदेखि दीर्घकालिन एकताको प्रक्रिया थालौँ’

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीहरूले हात मिलाउनुको विकल्प नरहेको भन्दै वाम एकतालाई आजकै दिनदेखि दीर्घकालीन रूपमा अघि बढाउन आह्वान गर्नुभएको छ ।
आईतवार जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दे उहाँले यस्तो आह्वान गर्नुभएको हो । मुलुकको राजनीतिक परिस्थितिले फेरि एकचोटी वा एकताको आवश्कताको महशुस गराएको उहाँको भनाइ छ । उहाँले लामो समयपछि नेकपाका संयोजक पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिलाई सकारात्मक संकेत भएको भन्दै विचारको स्तरबाट शुरु भएको सहकार्यलाई दीर्घकालीन राजनीतिक एकतामा रूपान्तरण गर्न आग्रह समेत गर्नुभयो । उहाँले देशमाथि साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूले दबाब सिर्जना गरिरहेको दाबी गर्दै त्यसको सामना गर्न वामपन्थी शक्तिहरू एकजुट हुनुको विकल्पन नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज दुई वटा प्रमुख वामपन्थी दलका नेताहरू यहाँ उपस्थित हुनुभएको छ । कतिपय मान्छेलाई यो आश्चर्य लागेको हुन सक्छ । अनौठो लागेको हुन सक्छ । तर वामपन्थी एकता आज मात्रै होइन, अनेकन कालखण्ड देखि यो जरुरत थियो । तर बीचको कालखण्डमा हामीहरूमा कहिले सिङ पलायो, कहिले जुरो पलायो, के–के पलायो पलायो । त्यही कारण विगतमा हामी एकताबद्ध हुन सकेनौँ । अब समयले हामीलाई झिस्काउन थालेको छ । परिस्थितिले हामी एउटा बाध्यात्मक परिस्थितिमा खडा गर्न थालेको छ । त्यसले गर्दा आज हामी वामपन्थीहरु फेरि एकतावद्ध हुँदैछौं । आज विचार गोष्ठीमा हामी एकतावद्ध भयौं । म सबै कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपले अगाडी बढाउने कामको थालनी गरौं । तब मात्रै आज हाम्रो देश माथि जुन ढंगले साम्राज्यवादीहरुले र प्रतिक्रियावादीहरुले बबण्डर मच्चाइरहेका छन् त्यसका विरुद्धको लडाई गतिशील भएर अगाडी बढ्नसक्छ ।’
प्रधानमन्त्री बालेन्द्र साहलाई तानाशाहीको रुपमा चित्रण गर्दै नेता खनालले तानाशाही प्रवृत्ति विरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार