काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले परराष्ट्रमन्त्री शिशिर खनाललाई चीन भ्रमणामा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव दिनुभएको छ । परराष्ट्रमन्त्री खनालले भारत भ्रमणको क्रममा उक्त कुरा नउठाएकोमा आपत्ति जनाउँदै उहाँले चीन भ्रमणमा भने त्यसलाई स्पष्ट रुपमा राख्नु सचेत गराउनुभएको हो ।
शुक्रवार प्रतिनिधि सभा बेठकमा बोल्दै प्रमुख सचेतक ओलीले परराष्ट्रमन्त्री खनालले संसदमा पनि सीमा समस्या नभई सीमा व्यवस्थापनको कुरा गरेर यसको गम्भिर्यतालाई नबुझेको जिकिर गर्नुभयो । उहाँले सीमा व्यवस्थापन र सीमा विवादबारे सांसदहरुले पनि अध्ययन गरेर धारणा बनाउन आवश्यक रहेको बताउनु भयो । प्रमुख सचेतक ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी भन्नेकुरा सरकारले स्पष्ट भएर छिमेकी मुलुकसँग कुटनीति संवाद गर्नुपर्ने बताउनु भयो ।





