काठमाडौँ ।
आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ९ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय,सचिव,(अर्थ), सचिव महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय,सचिव भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई छलफलका लागि बोलाइएको छ । त्यस्तै बिहान साढे ८ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अघिल्ला बैठकको निर्णय कार्यान्वयन प्रगति जानकारी सम्बन्धमा, लागु औषध नियन्त्रण ब्यूरोको चालु आ.व. २०८२÷८३ को हालसम्मको कार्य प्रगति एवम् आगामी कार्ययोजना सम्बन्धमा, उपसमिति गठन गर्ने सम्बन्धमा, समितिको बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति, समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवं निकायहरूको कामकारवाही अध्ययन एवं निगरानी उपसमिति, समितिको कार्यक्षेत्रमा पर्ने विभिन्न निकायहरूको स्थलगत अनुगमन गर्ने सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान साढे ८ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा विद्युतीय सवारी साधनको भन्सार जाँचपास सम्बन्धमा हालै उठेका प्रश्नउपर छलफल हुनेछ ।




