काठमाडौँ ।
अर्मेनियामा आईतवार संसदीय निर्वाचनका लागि मतदान भएको छ । देशभरका २ हजार ५ मतदान केन्द्रहरूमा करिव २४ लाख ८० हजारभन्दा बढी योग्य मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । स्थानीय समयअनुसार बिहान ८ बजे शुरु भएको मतदान कार्य साँझ ८ बजेसम्म जारी रहेको थियो । केन्द्रिय निर्वाचन आयोगका अनुसार अर्मेनियाको एक सदनात्मक व्यवस्थापिका ’नेशनल एसेम्बली’का लागि १८ वटा राजनीतिक दल तथा चुनावी गठबन्धनका तर्फबाट करिव २ हजार उम्मेदवारहरू प्रतिस्पर्धामा रहेका छन् । अर्मेनियामा समानुपातिक निर्वाचन प्रणालीमार्फत पाँच वर्षका लागि जनप्रतिनिधिहरू निर्वाचित हुने संवैधानिक व्यवस्था छ । नेशनल एसेम्बलीमा कम्तीमा १०१ सदस्य रहने प्रावधान भएपनि कुल सिट सङ्ख्या भने निर्वाचनको अन्तिम परिणाम आएपछि मात्रै यकिन हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि अर्मेनियामा सन् २०२१ को जुन २० मा संसदीय निर्वाचन सम्पन्न भएको थियो ।




