दक्षिण कोरियाको प्रधानमन्त्रीमा हान सेओङ–सुक मनोनित | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८३, सोमबार

दक्षिण कोरियाको प्रधानमन्त्रीमा हान सेओङ–सुक मनोनित

काठमाडौँ ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले आईतवार हान सेओङ–सुकलाई देशको नयाँ प्रधानमन्त्रीका रूपमा मनोनीत गर्नुभएको छ । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै सो मनोनयनको घोषणा गरेको हो । दक्षिण कोरियाली इन्टरनेट क्षेत्रको अग्रणी कम्पनी ‘नेभर’ की पूर्व मुख्य कार्यकारी अधिकृत समेत रहनुभएकी हानले वर्तमान ली प्रशासनमा साना तथा मझौला उद्योग एवं स्टार्टअप मन्त्रीका रूपमा कार्य गर्दै आउनुभएको छ । उहाँ प्रविधि क्षेत्रको लामो अनुभव र डिजिटल नवप्रवर्तनमा आफ्नो विज्ञताका लागि परिचित हुनुहुन्छ । संसदबाट उहाँको नाम अनुमोदन भएमा, हान विगत दुई दशकमा दक्षिण कोरियाको प्रधानमन्त्री बन्ने पहिलो महिला हुनुहुनेछ । यसअघि सन् २००६ देखि २००७ सम्म हान म्योङ–सुकले प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएको थियो ।

Leave a Reply