काठमाडौँ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराईका भू–भागमा आंशिक बदली हुने देखिएको छ । आज दिउँसो देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा समेत वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति भने देशको हिमाली भू–भागमा साधारणतया बदली र पहाडी भू–भागमा आंशिक बदली रहने छ। तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । यसैगरी, सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भाग लगायत अन्य प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।




