चिकित्सा शिक्षा ऐन संशोधन हुनुपर्छः गगन थापा | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

साउन २१ , काठमाण्डौँ । नेपाली काग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले माथेमा प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा ऐन संशोधन हुनुपर्ने बताउनुभएको छ ।

भक्तपुरको बालकोटमा स्वर्गीय श्यामबहादुर कार्कीको दशौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले माथेमा प्रतिवेदनकै आधारमा ऐन संशोधन गरी अनसनरत डाक्टर गोविन्द केसीका जायज माग सरकारले पूरा गर्नुपर्ने बताउनुभयो ।
नेता थापाले वर्तमान गठबन्धन सरकारले तोकेकै समय सबै तहको निर्वाचन गराइसक्नुपर्ने पनि बताउनुभयो ।